ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न : रामकुमारी झाक्री (नेपाल पक्ष)

125

माधव नेपाल समुहको नेतृ रामकुमारी झाक्रीले के पी ओलीको कुरामा भर पर्न नहुने बताएकी छिन् ।

उनले फेसबुकमा स्टाटस लेख्दै ” ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न। आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुदैछ। ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन। जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडी एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ। सचेत बनौँ।” बताएकी छिन् ।

ओलीले माधव नेपालसहित चार नेताको कारवाही फुकुवा गरे लगतै दुई समुह बिभिन्न छलफल र वार्तामा व्यस्त छन् ।