कोभीड व्यवस्थापनमा सरकारलाई रवीन्द्र मिश्रको सुझाव

27

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले भिडियोमार्फत प्रधानमन्त्री तथा सरकारलाई कोभिड व्यवस्थापनमा सुझावसहितको अपील गरेका छन् ।

उनले मित्र राष्ट्रहरूसँग संवाद गरि चाहिने उपकरण मगाएर अक्सिजन प्लान्ट स्थापना गर्न सुझाए ।

उनले भने ” यो आर्थिक र व्यास्थापकीयरूपमा गर्न सकिने काम हो र तुरुन्तै गर्न सकिन्छ ।”

थप्दै उनले भने ” बेड व्यवस्थापनका लागि सेना र प्रहरी परिचालन गरि अस्थायी उपचार केन्द्रहरू स्थापन गर्नुस् , जनशक्ति व्यवस्थापनमा समस्या हुँदैन ।”

उनले कोभिड विरामीलाई रु . १५००० / दिने निर्णय गलत भएको बताए . उनले भने ” यो हिसाब कहाँबाट आयो ? बरु स्वास्थ्य, अर्थविज्ञहरूको सहयोग लिएर सम्पूर्ण नेपाली जनतालाई निशुल्क उपचार गर्नुस् ।

Facebook Comments Box