कोरोनाबाट वर्ल्डलिंकका संस्थापक बिजय जलानको निधन

24

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडका संस्थापक तथा निर्देशक बिजय जलानको कोरोना संक्रमणबाट निधन भएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत उनको आज बिहान ८ बजे मृत्यु भएको हो। उनको आइसियूमा उपचार भइरहेको थियो।

महोत्तरी जिल्लाको जलेश्वरमा जन्मिएका ४६ वर्षीय जलानको श्रीमती र एक छोरा छन्।

Facebook Comments Box