माधवकुमार नेपाल र अर्थमन्त्री विष्णु पौडेलबीच वार्ता

२०७८ बैशाख ३०, बिहीबार १०:५०

सरकार बनाउने समयसीमा सकिनै लाग्दा पार्टी र नेताहरूबीच अन्तरक्रिया तिब्र भएको छ ।

आज बिहान पार्टीभित्रको अन्तरसंघर्ष नेता माधवकुमार नेपाल र अर्थमन्त्री विष्णु पौडेलबीच कोटेश्वरमा मिलनबिन्दुको खोजीमा वार्ता भएको छ ।

भेटमा पौडेलले राजिनामाको मनसाय त्यागेर एकताको मिलनबिन्दु खोज्न आग्रह गरेको स्रोतले जानकारी दियो । नेता नेपाललाई भेट्न पौडेललाई कोटेश्वर पठाएका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ९ बजे स्थायी कमिटीको बैठक बोलाए ।

जवाफमा नेपालले भन्यो “उही पुरानै प्रस्ताव छन् । फागुन २८ को निर्णय मान्य हुनेगरी कुनै मिलनविन्दु खोजौँ भन्ने छ, मूर्त प्रस्ताव छैन ।”

 

123 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal