कोरोनाको प्राकृतिक उपचार, कति सत्य कति भ्रम ?

125

भौगोलिक तथा जैविक विविधताका कारण नेपालमा विभिन्न जडीबुटी भेटिनु सामान्य कुरा हो परापूर्वकालदेखिनै जडीबुटीहरू विभिन्न क्षेत्रमा उपयोग हुँदै आएका छन् हाम्रो घर आगनमै खोज्ने हो भने विभिन्न बहु उपयोगी जडीबुटीहरू भेटिन्छन् तुलसी, बेसार, अदुवा, गुर्जो यिनीहरू त मात्र उदाहरण हुन् नेपालका हरेक स्थानमा प्रचलन अनुसार कुनै न कुनै प्रकारले कयौँ जडीबुटीहरू प्रयोगमा आइरहेका हुन्छन् झन् घर छोडेर अलिकति जङ्गल पस्ने हो भने त पाइलै पिच्छे कुनै न कुनै जडीबुटी भेटिने गर्छ

अहिले कोभिड महामारीले समाजलाई निचोर्दै गर्दा र चित्तबुझ्दो उपचार पनि आइनसक्दा मानिसहरूको यिनीहरू जडीबुटीतिर आकर्षण बढ्नु स्वाभाविक हो यस अघि कोभिडको प्रथम लहरमा पनि गुर्जो, तुलसी, बेसार, अदुवा आदि वनस्पतिका निकै चर्चा चलेको थियो तर के साँच्चै यी जडीबुटी प्रभावकारी छन् त ? के साँच्चै गुर्जोले कोभिड निको पार्ने नै हो त ?

(Environment Protection and Study Center) इन्भायरोमेन्ट प्रोटेक्सन एन्ड स्टडी सेन्टरका अनुसन्धानकर्ताहरुले नेपालमा कोरोना महामारी अन्तरालमा प्रयोगमा आएका जडीबुटी र यसका प्रभावकारिताबारे अनुसन्धान गर्दै जाँदा नेपालमा लगभग ६० प्रजातिका वनस्पतिहरू अहिले प्रयोग हुँदै आएका देखिए जसमध्ये सतुवा, निम, गुर्जो, पिपल, ल्वाङ, जाइफल, पाँच औले, अश्वगन्धा, पिर्हे घाँस, असुरो, बोझो, हर्रो, बर्रो आदि जडीबुटीको व्यापक प्रयोग हुने गर्छ वहाँहरूका अनुसार विभिन्न भौगोलिक परिवेश अनुसार वनस्पतिका प्रकार र प्रयोगमा ल्याउने तरिका पनि फरक पर्ने रहेछन्  यिनीहरू वनस्पति मध्ये ४५% घर वरिपरि नै पाइने, ३२% बजारमा बिक्रीमा राखिएको र बाँकीको ३३% भने वनजंगल बाट प्राप्त हुने गरेको रहेछ

उपयोग र सदुपयोगमा अन्तर हुन्छ वहाँहरू भन्नुहुन्छ “हामीले प्रयोग गर्ने जडीबुटी कोभिडका लागि नभएर रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि हो, हरेक जडीबुटीका आ-आफ्ना फाइदा त छन् तर यसको सही उपयोग पनि जरुरी छ, अल्पज्ञानमै प्रयोग गर्दा अवस्था सुध्रिने भन्दा मात्रा र विधि नमिलेर स्थिति झन् नकारात्मक दिशामा लम्किन पनि सक्छ, अझ डायबिटिज, प्रेसर जस्ता दीर्घ रोघीहरुले जडीबुटीको प्रयोग गर्दा बढी सावधान हुनु पर्छ जडीबुटी प्रयोग गर्नु अघि त्यसको फाइदा र बेफाइदा सँगसँगै उपयोगका विधिको पनि सही ज्ञान हुन आवश्यक छ ’’

सरकारले पनि जडीबुटी प्रयोगको अनुसन्धान र जनचेतनामा खासै वास्ता नगरेको पाइएको छ | यसरी वनस्पति व्यवस्थापन विभाग तथा सम्बन्धित निकायहरूले निरीक्षण गर्ने वातावरण नहुँदा सर्वसाधारणको स्वास्थ्यमा त कतै गम्भीर असर परिरहेको छैन ?

Facebook Comments Box