मण्डनदेउपुरको आइसोलेशन र स्बाव संकलन स्थानहरु

मण्डनदेउपुरको आइसोलेशन र स्बाव संकलन स्थान हरु:-
मण्डनदेउपुर नगरपालिकाको महादेव प्राथमिक विद्यालयमा रहेको आइसोलेशन सेन्टरमा अक्सिजन सहितको पूर्वाधारमा कोभिडका बिरामीले उपचार भइरहेको छ । अहिले अक्सिजन लगाउनु पर्ने एक जना र अरु थप दुई जनाको उपचार भैरहेको छ ।
तपाईहरु कसैलाई कोभिडको लक्षण देखिएको छ भने नगरपालिकाको डेडिथुम्का क्याम्पसको छात्रबासबाट स्बाव संकलन भैरहेको छ । त्यहाँ गएर स्बाव दिन सक्नु हुुनेछ । त्यहाँ समेत आइसोलेशन सेन्टर संचालन छ ।
एक बर्षदेखि संचालन भैरहेको कोभिडलाई बोक्ने एम्बुलेन्सले निशुल्क सेवा प्रदान गरिरहेको छ ।
स्रोतः दीपक घिमिरे, कोभिड फोकल पर्सन मण्डनदेउपुर नगरपालिका महादेवस्थान / पत्रकार केशबराज पौडेल