वैकल्पिक सरकार निर्माणका विकल्पहरू

27

बहुमतको प्रस्ताव अस्वीकृतसंगै वर्तमान सरकार कामचलाउ सरकारमा परिणत भइसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि नयाँ वैकल्पिक सरकारको निम्ति तीन दिनको समयसीमा तोकी आव्हान भैसकेको छ । आव्हान लगतै पार्टीहरू विचार विमर्शमा गतिशील छन् । यधपी बहुमतको पक्ष / विपक्षको मत हेर्दा वैकल्पिक सरकार बनाउने बाटो त्यति सहज देखिँदैन । सरकार बनाउने स्पष्ट बहुमत तत्कालिन अवस्थामा कोहिसँग छैन ।

अबको वैकल्पिक सरकारको निकास दिने निर्णायक मत जसपा ( जनता समाजवादी पार्टी ) र नेकपा को माधव समूहसँग रहेको देखिन्छ । नेपालको संविधानको-२०७२ को धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी पार्टी मिलेर बहुमतको सरकार बनाउनु पर्यो । यसको लागी कम्तिमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन हुनुपर्ने हुन्छ ।

यो विकल्प टर्नेबित्तिकै धारा ७६ को उपधारा ३ मा जानुपर्ने हुन्छ  जस अनुसार संसद्को सबभन्दा ठुलो पार्टीको हिसाबले ( ९३ सिट ) फेरी पनि नेकपाको केपी ओलीकै पोल्टामा पुग्ने देखिन्छ तर यो सरकारले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुँदा सम्भावना  देखिन्छ ।

त्यसपछिको धारा ७६ को उपधारा ५ अनुसार कुनै व्यक्तिले सरकारको नेतृत्वको दावी गर्दै सरकार बनाउँदा पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ, जुन गार्हो हो ।

यसरी सरसर्ती हेर्दा वैकल्पिक सरकार बनाउन जसपा र माधव समुह वढी उत्तरदायी हुनुपर्ने देखिन्छ । अब यी दुईले अविलम्ब राजनीतिलाई निकास दिन जिम्मेवार हुनुपर्छ । तटस्थता वा कुनै पनि किसिम अकर्मण्यताको शिकार हुनुहुँदैन । नेपाल समुहले यसका लागि कठोर निर्णय लिनु पर्ने देखिन्छ । न पार्टी छोड्न  सजिलो छ न त ओलीमा विलय हुन् यधपी एउटा निर्णय लिनेपर्ने नै हुन्छ ।