क्याबिनेट सकेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितलनिवासमा

२०७८ बैशाख २७, सोमबार १९:४६

मन्त्रिपरिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन् ।

विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको आव्हान गर्नसक्ने सम्भावना रहँदा ओली शितलनिवास पुगेका हुन् । अब संविधानको धारा ७६ को उपधारा २ या ३ बमोजिम सरकार गठनको आव्हान हुने या धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनको आव्हानमा जान सक्ने सम्भावना छ ।-

128 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal