विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत

प्रधानमन्त्रीले प्रस्तुत गरेको विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

संसदमा उपस्थित २३२ सांसदमध्ये प्रस्तावको पक्षमा जम्मा ९३ मत प्राप्त भयो भने बिपक्षमा १२४ र १५ मत तटस्थको रुपमा प्राप्त भएको छ ।

प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा १ बमोजिम आफुमाथि प्रतिनिधिसभाको विश्वास रहेको प्रमाणित गर्न विश्वासको मतको प्रस्ताव प्रस्तुत गरेका थिए ।