ओलीलाई विश्वासको मत नदिने माधव समुहको निर्णय

२०७८ बैशाख २७, सोमबार १२:११

नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ ।

भीम रावलका अनुसार प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा नेपाल समूहका सांसदहरु अनुपस्थित हुनेछन् । उनले तत्काल सांसदहरुले राजीनामा नदिने पनि बताए ।

बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नहुने र प्रधानमन्त्रीबाट ओली हट्नुपर्छ भन्ने निष्कर्ष निकालेको रावलले बताए ।

माधव समूहका सांसदले राजीनामा नदिँदा वैकल्पिक सरकार निर्माणको बाटो साँघुरिएको छ । अब कांग्रेसको नेतृत्वमा सरकार निर्माणका निम्ति जनता समाजवादी पार्टीका सम्पूर्ण सांसदले साथ दिनुपर्नेछ।

120 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal