SEE परीक्षा सधैँलाई बन्द गरौँ : प्रेम फ्याक्

२०७८ बैशाख २७, सोमबार ११:२९
गत वर्ष जस्तै यो वर्ष पनि कोभिडको कारणले एसइई परीक्षा ‘अर्को सूचना नहुन्जेल’ सम्म लागि स्थगित भएको छ। निश्चय नै यसले आम विद्यार्थी र अभिभावकहरूमा अन्यौलता छाएको छ । यस सन्दर्भमा केही सैद्धान्तिक र नीतिगत कुराहरू गर्न जरुरी देख्छु ।
१. यो SEE परीक्षा को ‘राष्ट्रिय’ स्वरूप र सान्दर्भिकता मै प्रश्न गर्नु पर्ने होइन र ?१२ कक्षालाई विद्यालय   शिक्षाको अन्तिम बिन्दु मानिसके पछि १० कक्षामा किन राष्ट्रिय परीक्षा लिनु पर्ने बुझ्न सकिन्न।         अहिलेको संरचना अनुसार १० कक्षाको जाँच भनेको ११ कक्षामा जानलाई मात्र हो। यसको लागि अरू     कक्षाहरूको जाँच लिए जस्तै बिद्यालयहरुलाई जिम्मा दिन किन सकिन्न ?
२. गत वर्ष बिद्यालयहरुलाइ नै परीक्षाको जिम्मा दिँदा केही समस्याहरू देखिए । तर ती समस्याको पहिचान र सम्बोधन गर्ने काम गत एक वर्षमा के के भए ? सुधारका योजना र कार्यान्वयन गर्ने आधार कति बने लेखाजोखा कहीँ कतै छ ?
३. विद्यालय र शिक्षकहरूलाई परीक्षाको जिम्मा दिने तर प्रश्न बनाउने, रिजल्ट प्रकाशन गर्ने देखि मार्कसित सम्म बनाउने काम परीक्षा बोर्डले गर्ने नीति र प्रक्रिया नै विरोधाभासपूर्ण छ।बिद्यालयहरुलाई अरू कक्षाहरू जस्तै कक्षा १० को जाँच गर्न दिनको लागि के ले रोक्छ?
४. शिक्षक र विद्यालयहरू SEE परीक्षा सञ्चालन गर्न ‘इमानदार’ भएनन् वा हुनु पर्छ भन्ने कुरामा त्यति तुक छैन ।यो तर्कले डेफिसिट चिन्तन बोकेको छ ।यसले दोषारोपण गर्ने संस्कृतिलाई मलजल गर्छ ।इमानदार सबैले हुनुपर्छ तर खास इमानदारिता भनेको नीति निर्माण तहमा बस्नेहरूले देखाउनु पर्छ ।पुरानो SLC लाई जस्तै नयाँ संरचनामा पनि कक्षा १० को जाँच लाई ‘राष्ट्रिय’ परीक्षा जस्तै हाउगुजी बनाउने नीति निर्माण गर्ने हरू झन् इमानदार हुनु पर्छ जस्तो लाग्छ।साह्रोगाह्रो पर्दा मात्र शिक्षक गुहार्ने अनि इमानदार भएनन् भन्ने प्रवृत्ति त्याग्नु पर्छ जस्तो लाग्छ ।
५. कक्षा १० पास गरेको बिद्यार्थीहरुलाइ अरू कक्षाहरूमा जस्तै जुनसुकै विद्यालयहरूमा ११ कक्षामा भर्ना लिऊँ ।ग्रेडको आधारमा विबुध नगरौँ ।
गत वर्ष नै बृहतरुपमा छलफल भएर संसदीय समितिले यो परीक्षा सधैलाइ बन्द गरौँ भन्ने निष्कर्ष निकालेको जस्तो लाग्छ। केटा केटी को खेल नगरौँ । SEE परीक्षा सधैँलाई बन्द गरौँ । SEE परीक्षाको अर्को सूचना देख्न नपरोस् भन्ने कामना गर्दछु ।
176 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal