पार्टी विभाजनको औपचारिक घोषणामात्र बाँकी : झपट रावल

137

नेपाल समुहका नेता झपट रावलका अनुसार पार्टी विभाजनको औपचारिक घोषणामात्र बाँकी रहेको जानकारी दिए ।

हिजो आइतबार मध्ये रातिसम्म विभिन्न प्रयत्न हुँदा पनि एकताको कुनै सम्भावना नदेखिएकोले माधव नेपाल समुह राजीनामा पत्रसहित संघीय संसद सचिवालय पुगेका छन् ।

हिजो एकताका लागि माधव नेपाल र के पी ओलीपक्षबीच वार्ता भएको थियो । त्यस्तै नेपालसमुहको बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष के पी ओलीलाई एकताको पहलस्वरूप आज बिहान ९ बजसम्मको अल्टिमेटम पनि दिएको थियो । मध्यराति माधव नेपालले के पी ओलीलाई ६ बुँदे शर्तसहितको पत्र पठाउँदा पनि कुनै पहल नभएकोले ती समूह सामुहिक राजीनामाका लागि सचिवालय पुगेका हुन् ।

Facebook Comments Box