प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने अवस्था

47

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री ओलीले विस्वासको मात लिन आह्वान गरेको संसदको विशेष अधिवेशनको बैठक आज दिउसो १ बजे बस्ने छ ।  कोरोना संक्रमित सदस्यहरूले पनि मतदान गर्न पाउने विशेष ब्यवस्था गरिएको संसद सचिवालयको भनाइ छ ।

अहिलेको अवस्थालाई हेर्ने हो भने प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्ने अवस्था देखिदैन किनभने प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ र माओवादी केन्द्रले पनि हालै मात्र समर्थन फिर्ता लिएको छ । नेपाली काँग्रेसमा ६१  सांसद छन् भने माओवादी केन्द्रमा ४९ सांसद रहेका छन् ।

 

Facebook Comments Box