SEE सम्बन्धि बिचारहरु

प्रा. डा. बालचन्द्र लुइँटेल

39
१) जेठ १३ मा भौतिक उपस्थितिमा परीक्षा हुन सक्ने देखिन्न। तसर्थ यसलाई स्थगित गर्नु उपयुक्त हुन्छ।
२) भौतिक उपस्थितिमा परीक्षा हुने अवस्था त्यसबेला हुन्छ जब समुदायमा हुने सङ्क्रमणको जोखिम एकदम कम हुन्छ। अहिलेको सङ्क्रमण दर हेर्दा कमसेकम २ महिना कडा कर्फ्यू वा लकडाउन भएमा भाइरसको चेन ब्रेक हुन सक्छ।
३) यदि यस्तो भएमा ३ देखि ४ महिना भित्रमा SEE गर्न सकिने अनुमान अनुरूप योजना बनाउन सकिन्छ।
४) तर भौतिक उपस्थितिमा (२०१९ वा सो भन्दा अघिका वर्षमा जसरी गरिन्थ्यो) गर्न सकिने परिस्थिति छैन। त्यस्तो योजना बनाउनु जोखिमलाई नजरअन्दाज गर्नु हो।
५) थोरै सङ्क्रमण भएका मुलुक (जस्तो सिङ्गापुर) मा पनि १ वा २ जनामा सङ्क्रमण बढ्ने बित्तिकै अनलाइन मोडमा परीक्षा सञ्चालन गरेको देखिन्छ।
६) हामीकहाँ अनलाइनबाट SEE सञ्चालन गर्न सक्ने परिस्थिति छैन। शिक्षक साथीहरूले नै मूल्याङ्कन को जिम्मा लिनु पर्ने देखिन्छ।
७) ३ देखि ५ वटा फरक-फरक विद्याहरूमा आधारित रहेर SEE को मूल्याङ्कन गर्न सकिन्छ। जस्तो १) खुल्ला पुस्तक परीक्षा, अन्तर्वार्ता, २) प्रस्तुति, ३)कक्षा सहभागिता, ४)परियोजना कार्य, ६) सहपाठी मूल्याङ्कन, ७)अभिभावक मूल्याङ्कन आदी। यसमा १ लाई अनिवार्य गर्न सकिन्छ।
८) शिक्षक साथीहरूलाई NEB ले परीक्षकमा नियुक्ति दिने, अभिमुखीकरण सञ्चालन गर्ने र परीक्षकको लागि पारिश्रमिकको व्यवस्था गर्नु पर्ने हुन्छ। विश्वसनीय मूल्याङ्कनका यी अनिवार्य सर्त हुन।
९) अबको १ महिना भित्र पोहोरको अनुभवमा आधारित भई मूल्याङ्कन सम्बन्धी राष्ट्रिय-अन्तर्राष्ट्रिय अनुभवलाई समेत मध्यनजर राख्दै बुँदा न ७ का लागि यौटा म्यानुअल तयार गर्नु पर्ने हुन्छ।
१०) अहिलेको परिस्थितिमा Ideal अवस्थामा मा जस्तो गरी सिकाई र मूल्याङ्कनको बारेमा सोच्न सकिन्न। शिक्षकलाई जिम्मा दिँदा बिग्रन्छ भन्ने सोचाईले शिक्षामा सुधार गर्न सक्दै सकिन्न- अझ पछि पो परिन्छ। मूल्याङ्कनलाई विश्वसनीय बनाउने सबैभन्दा ठुलो दायित्व हामी शिक्षकहरूकै हो है! अभिभावकहरूले पनि जबर्जस्ति गर्ने र आफ्ना नानी बाबुले Deserve नगर्ने ग्रेडका लागि शिक्षक र विद्यालयलाई दबाब दिनु अर्को महा अपराध हो।
Facebook Comments Box