एमाले कार्यकर्ताको योगेश भट्टराईलाई मार्मिक पत्र

52

प्रिय योगेश दाई,

लामै लेख छप्न मन छ । हर्हर्ती राम्रो भन्दा नराम्रा कुरा धेरै याद आईरहेको छ । त्यसैले सानो टिप्पणी तपाईका नाममा लेखेको छु । अझ भन्नू पर्दा तपाईमा रविन्द्र दाईको स्वरुप सम्झेर यो टिप्पणी उतार्दै छु ।

प्रिय योगेश दाइ, पार्टी फुटको ल्याप्चे कति पटक लगाउने हो हजुरले?अमुल्य मत दिएर जिताएका ताप्लेजुङका जनतालाई के भन्ने हो तपाईले ?

पहिलोपटक चुनाव जितेर काठमाडौ आउदा र मन्त्री भएर रातो टाईमा ताप्लेजुङ ओर्लदा मनमा केही थियो होलानी दाइ ? गाउँलेका लागि खानेपानीका पाईप मागेका निवेदन मन्त्रालयमा त्यतिकै छन । के ती अधुरा काम छाडेर फेरि ताप्लेजुङ जाने हिम्मत राख्नुहुन्छ?

तपाईका प्रिय मित्र रविन्द्र अधिकारीको अवसान पछी मन्त्री बन्नु भयो । पहिलो वचनमा भन्नु’भो रविन्द्रका अधुरा काम पूरा गर्ने पहिलो प्राथमिकता हुनेछ । त्यही रातो टाईमा पोखरा एअरपोर्ट ओर्ल्दै फेवातलको पानी मुनि पनि लालपुर्जा हुन्छ? भन्नुभाथ्यो । तालमा पानी पनि छ लालपुर्जा पनि छ । काम अधुरै छ । दुर्घटना नभएको भए ६ महिना भित्र भैरहवा एअरपोर्ट चलेको हुन्थ्यो । पोखरा एअरपोर्ट प्रगती अझै थपिन्थ्यो । सम्पदा बल्लपूरा हुँदै छ्न । हामीले तपाईको न विरोध गर्यौ न राजीनामा माग्यौ । तर झोक चल्यो मन्त्री पद नै हाप्दिनु भयो । सुनिदै छ…

र फेरि झोक चल्यो आज सांसद पद बाट राजिनाम दिदै हुनुहुन्छ। तपाईलाई के (राजनैतिक रुपमा) नपुग्दो छ र कुनै एउटा नेताका लागि ताप्लेजुङ र देशलाई धोका दिनुहुन्छ?

अन्त्यमा,
प्रिय योगेश दाइ याद राख्नुहोला, राजनैतिक राजमार्गमा हजार पटक माफी माग्न मिल्छ तर माफी नमिल्न सक्छ । तपाईलाई भन्न मन छ दाई अब पछुताउने समय तपाईको लागि हुने छैन। नसोच्नुस फर्किनुस्, किन कि सोच्ने समय नै डाडा काटिसक्दै छ ।

पोखरा बाट
शुभेच्छुक
ध्रुव

 

postkhabar.com बाट साभार

Facebook Comments Box