नेपाल समूहको सांसदहरूको बैठक सकियो: निर्णय यस्तो

संसद् सचिवालय भवन, सिंहदरबारमा बसेको नेकपा (एमाले) खनाल-नेपाल समूहको सांसदहरूको बैठक सकिएको छ ।

बैठकले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयत्न गर्ने र प्रधानमन्त्री एवं पार्टी अध्यक्षले जिम्मेवारीपूर्वक प्रयत्न गर्न ध्यानाकर्षण गराएको नेता योगेश भट्टराईले बताए । उनले भने ” फाल्गुन २३ गतेको सर्वोच्च अदालतको फैसला अनुसार पार्टी २०७५ जेष्ठ २ गतेको अवस्थामा फर्कको हुँदा सम्पूर्ण पार्टीगत संरचना, प्रक्रिया सो अनुरुप अगाडी बढे एकताको लागी तयार रहेको ध्यानाकर्षण गराएको बताए । यसको लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई भोलि बैशाख २७ गते बिहान ९ बजेसम्मको समय दिएको पनि जानकारी दिए ।

भट्टराईले, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष के पि ओली उपरोक्त सम्बन्धमा प्रतिबद्धता जनाए विश्वासको मतको पक्षमा जान सकिने पनि जानकारी दिए ।