किन जसपाले यस्तो निर्णय लियो ?

२०७८ बैशाख २६, आईतवार १८:१४

प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको प्रक्रियामा जसपाले आफ्ना सांसदहरुलाई  स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको छ ।

पार्टीको संघीय अध्यक्ष बाबुराम भट्टराईको निवासमा भएको बैठकले यो निर्णय गरेको हो ।

‘हामीले सांसदहरूलाई स्वविवेक प्रयोग गर्न भनेका छौँ । प्रधानमन्त्रीलाई विश्वासको मत उहाँहरूले दिनु हुनेछैन । विपक्षमा मतदान गर्ने वा तटस्थ बस्न भने पाउनुहुनेछ,’ अशोक राईले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको संसद बैठकमा विश्वासको मत लिँदैछन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोले आइतबार बिहान प्रधानमन्त्री ओलीसँग छलफल गर्दै तटस्थ बस्ने बताएका थिए । पार्टी एकता जोगाउनुपर्ने भएकाले विश्वासको मत दिन नसकिने उनीहरूको भनाइ थियो ।

125 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal