गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा राजीनामा

17

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री गुरुङको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख पौडेलले नेपालको संविधानको धारा १६८ (२) बमोजिम तीन दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेकी छिन् ।

कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीले मुख्यमन्त्री गुरुङबिरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । भोलि २७ वैशाखमा अविश्वास प्रस्तावमाथि मतदानको कार्यक्रम तय भएकोमा एक दिन पहिले गुरुङले राजीनामा दिएका हुन् ।

 

Facebook Comments Box