संवैधानिक परिषद्ले गर्‍यो संवैधानिक आयोगमा नियुक्तिको सिफारिस, नाम भने खुलाएन

29

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमा बसेको संबैधानिक परिषद्को आज बिहान बसेको बैठकले लोकसेवा आयोग, समावेशी आयोगलगायतका संवैधानिक आयोगमा रिक्त पदमा नियुक्तिको सिफारिस गर्ने निर्णय गरेको परिषद् सदस्य तथा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।

प्रधानमन्त्री तथा संवैधानिक परिषद् अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संवैधानिक बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना मात्रै उपस्थित थिए । सिफारिसमा परेकाहरुको नाम भनेको भने खुलाइएको छैन ।

Facebook Comments Box