शेरबहादुरलाई ठाकुरको जवाफ :हामी तटस्थ बस्छौं

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलाई बोलाएर नयाँ सत्तासमीकरणबारे छलफल गरेका छन् । देउवाले ठाकुर र महतोलाई आइतबार बिहान बूढानीलकण्ठस्थित निवासमै बोलाएर छलफल गरेका हुन् ।

पार्टी एकतालाई पनि जोगाउनका तटस्थ बस्ने महतोको भनाइ छ । देउवासँगको भेटपछि महतोले  भने, ‘पार्टी एकता जोगाउनु छ, हामी सरकारको पक्षमा जान सक्दैनौं । तर, केही माग मुद्दा सम्बोधन गरिदिएको र केही सम्बोधनको प्रक्रियामा रहेकाले विपक्षमा पनि पनि हामी जाँदैनौं । हामी बीचको बाटो अख्तियार गर्छौं भनेर उहाँलाई बताएका छौं ।’