माधव- झलनाथ समुह सामुहिक राजीनामाको तयारीमा

18

माधव – झलनाथ समुहका सांसदहरुले भोली मंगलवार सामुहिक राजीनामाको तयारी गरेका छन् । माधव कुमार नेपाल र प्रधानमन्त्री के पी ओलीबीच चल्दै आएको अन्तरसंघर्ष अब पार्टी फुटको अन्तिम संघारमा पुगेको छ ।

नेपालपक्षका २३ जना प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्यले पदबाट राजीनामा दिने पत्रमा हस्ताक्षर गरेका छन् भने समानुपातिक सांसदले के गर्ने भन्ने विषय छलफलमा छ । माधव नेपाल समुहले दावी गरे अनुसार यिनीहरुसँग ३६ सांसद रहेका छन् ।

प्रधानमन्त्री के पी ओलीले विश्वासको मत लिन लाग्दै गर्दा नेपालपक्षको यो निर्णयले ओली थप दबाबमा परेका हुन् । यस अघि नै नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्रीको विश्वासको मतमा साथ् नदिने घोषणा गरिसकेका छन् ।

Facebook Comments Box