कांग्रेसले प्रधानमन्त्री के पी शर्मा ओलीलाई विश्वासको मत नदिने

35

नेपाली कांग्रेसको संसदीय बैठकले बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र आफ्नो नेतृत्वमा सरकार बनाउन राजनीतिक दलहरुसँग छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले बताए ।खाँडले विश्वासको मत पूर्णरुपमा असफल हुने पनि बताए ।

कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको पनि विरोध गरेको छ । उसले संवैधानिक परिषद् बैठकमा सहभागी नहुन सदस्यहरुलाई आग्रह गरेको छ । बैठकले कोरोना महामारी नियन्त्रणमा सरकार पूर्ण रुपमा असफल भएको निष्कर्ष निकाल्दै जनताको जीवन रक्षामा केन्द्रित हुन सरकारको ध्यानाकर्षण समेत गराएको छ । यस्तै उसले खोपको आपूर्तीका लागि अन्तराष्ट्रिय समुदायलाई आग्रह गर्ने भएको छ ।