कविडाँडा साहित्य समाजद्वारा निबन्ध प्रतियोगिताको आयोजना हुँदै

२०७८ बैशाख १९, आईतवार १३:४४
चितवन – कविडाँडा साहित्य समाज चितवनले आफ्नो स्थापना दिवसको अवसरमा विगतका वर्षहरूझैँ कुनै एक विधामा प्रतियोगिता गराउने परम्परानुसार समाजको १९सौ वार्षिकोत्सवको अवसर पारेर खुला राष्ट्रिय निबन्ध प्रतियोगिताको आयोजना गर्दैछ । उक्त प्रतियोगितामा नेपालभित्र रहेका निबन्धकारहरूबाट नेपाली भाषामा लेखिएको निबन्ध आह्वान हुनेछ। समाजको तर्फबाट प्रकाशित सूचनाअनुसार निबन्ध लेखनका प्रवधानहरू निम्नानुसार रहने छन् –
१. निबन्ध आत्मपरक हनु पर्ने छ, र यसलाई “गाढा स्मृति वा प्रभावको एक स्रोत” शीर्षक अन्तर्गत आफ्नो स्मृतिमा बसेका वा आफूलाई प्रभाव पारेका स्थान, व्यक्ति, घटना वा यात्राका बारेमा लेख्न सकिने छ ।
लेखकले आफ्नो निबन्धको शीर्षक आफै निर्धारित गर्नु पर्ने छ ।
२. निबन्ध अधिकतम ३००० शब्दभित्र समेट्नु पर्ने छ ।
३. प्रतियोगी निबन्ध शुद्ध रूपमा टाइप गरी श्रावण समान्त, २०७८ भित्र कविडाँडा साहित्य समाजको इमेल
ठेगाना kavidanda.sahitya@gmail.com
मा पठाउनुपर्ने छ ।
४. प्रतियोगिताका लागि प्रेसित निबन्ध मौलिक र कतै पनि प्रकाशित नभएको हुनुपर्ने छ । यस नियमको उलंघन गरिएको पाइएमा त्यस निबन्धलाई प्रतियोगितमा सामेल गराईने छैन । अथवा, पछि यस्तो भएको जानकारी हुन् आएकोमा पुरस्कार प्रमाणपत्र फिर्ता लिइने छ ।
५. प्राप्त निबन्धहरूलाई एक स्वतन्त्र निर्णायक मण्डलले उत्कृष्ट निबन्ध सिफारिस गरेकोमा उत्कृष्ट पाँच निबन्धका स्रष्टालाई कार्तिक २०७८ को कुनै उपयुक्त मितिमा आयोजना हुने कविडाँडा साहित्य समाजको१९ औँ वार्षिकोत्सव समारोह (आवासीय) मा निमन्त्रणा गरि पुरस्कार र प्रमाण प्रत्र वितरण गरिने छ।
६. कार्यकम्र चितवनमा हुने छ।
५. उत्कृष्टाको आधारमा प्रतियोगिताको अन्तिम नतिजा वार्षिकोत्सवकै दिन घोषित गरिने छ।
उत्कृष्ट पाँच प्रतियोगीलाई प्राप्ताङ्कका आधारमा निम्नानुसार पुरस्कृत गरिने छ –
प्रथमः रू १५१६० सहित प्रमाणपत्र
द्वितीयः रू १०१६० सहित प्रमाणपत्र
तृतीयः रू ७१६० सहित प्रमाणपत्र
चतुर्थः रू ५१६० सहित प्रमाणपत्र
पञ्चमः रू ३१६० सहित प्रमाणपत्र
इच्छुक सर्जकले कविडाँडा साहित्य समाज, चितवनको फोनः ९८५५०६१४८४ मा सम्पर्क गरि बुझ्न सक्नुहुनेछ।
270 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal