कविता : उ कि म ? सायद हामी !

कवि : अमृत पौडेल

0 106

उ कि म ? सायद हामी !

तादिनै टुसाएर जुरमुर्‍याउन तम्सिएको उ बियाँको बचेरो,

यथार्थको चिसो मरुभूमिमा जरा घुसार्दै- फिजार्दै जरक्क उभिन कोसिस गर्दै छ,

टिट्याउदै- ठिहिर्याउदै

स्वतन्त्रताका दस औला दूषित सहरमा फिजाउँदै

भल-बाढी,हावाहुरी र वर्ष पातले त अचेल झनै झ्याङ्गिएको छ,

आफू र आफ्नो परिवारका निम्ति सुनसान अन्धकारमा पनि फोटोसिन्थेथिस् गराउँदै छ,

अक्सर अपवाद किन नहोस् लटरम्म फलेका खुसीले हरेक वृष्टि सजाउने छ,

त्यसैले त उ खोच्याउँदै छ र पनि पाइला सोझ्याउँदै छ !!

Facebook Comments Box
Leave a comment