शैक्षिक विचलन र यसको प्रभाव

नुमनाथ प्याकुरेल

0 30

विद्यालयमा नैतिक शिक्षा नसिकाइने मुख्य कारण भविष्यमा नैतिक शिक्षाको आवश्यकता कहिँकतै नदेखेर होला, हैन? शिक्षामा भएको यस्तो विचलनले पुग्ने गन्तव्य पनि परनिर्भरता र पराई प्रतिमानको पिछलग्गु ता मात्रै हो ।
विद्यालय जानुभन्दा पहिलै सिकाएको अङ्ग्रेजी भाषा, टेलिभिजनको रिमोट समाउन सक्ने भएपछि कार्टुन र धारावाहिक/सिरियल, लाइभ सो तथा सिनेमामा सहज पहुँचबाट सिक्ने हिन्दी भाषा, ३ र ४ कक्षामा सिकाइएको कम्प्युटर, ५ र ६ कक्षामा सिकाइएको व्यवसायी शिक्षा र ९/१० कक्षामा सिकाइएको लेखा र कम्प्युटरको ज्ञान व्यवसायी जीवनमा पर्याप्त हुन्छ र ?
वैचारिक आस्था फरक परेकै कारण बन्चरोको पासोले टाउकोमा हानेर व्यक्ति हत्या गरेर र राजनीतिक आवरणमा जनयुद्धको नाममा हजारौं सर्वसाधारणलाई सुराकी र दुस्मन करार गरेर सामूहिक हत्याको छोटो मार्गबाट सत्ताप्राप्ति र लिप्सामा तन, मन र धन समर्पण गरेका महान क्रान्तिकारी नेतृत्वले रोपेको घृणा, द्वन्द्व र हिंसाको खेती सप्रेको बेला तिनैलाई आदर्श मानेका नव क्रान्तिकारी, उही क्रान्तिकारी, सच्चा क्रान्तिकारी, थपक्कै क्रान्तिकारी, वास्तविक क्रान्तिकारी आदिले पनि सत्ता प्राप्तिको मार्ग घृणा, द्वन्द्व र हिंसाकै सहारा लिनुले जसोतसो ब्राह्मण उसो उसो स्वाहा भन्ने उखान चरितार्थ हुँदैछ ।
लोकतन्त्रको मसिहा ठान्ने अर्को कपुतन्तृय गुटको इतिहास पनि यस्तै अपराध, अकर्मण्यता, असक्षमता र किकर्त्यमुढले भरिएको छ । इतिहासको पानामा नाम लेखाउन बाहेक, बदनामीको उपनाम बनेका नेतृत्वहरूबाट समाजको अझ जटिलता र प्राचीनताबाट बिच्छिन्नता बाहेक प्राप्त हुने शून्यता र समय, शक्ति र उर्जाको वर्वादी मात्रै हो । त्यसकारण कालेको विकल्प गोरे र गोरेको विकल्प काले बाहेक जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिको पनि निर्माण भैसकेको भन्ने तथ्य नभुलौँ ।
दलका नेता, कार्यकर्ताको अपराध, भ्रष्टाचार र व्यभिचार नदेख्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग सत्तासीन राजनीतिक दलका वैचारिक प्रतिस्पर्धीहरूको तेजोवध गर्न अग्रसर हुनु न्यायसङ्गत देखिदैन ।
राजनीतिक पहुँच पुराएका कर्मचारी, प्रशासनिक कर्मचारी, सुरक्षा कर्मी तथा न्यायकर्मीहरुको पदीय मर्यादाक्रम उलङ्घन गरेर दलको सिफारिसमा बढुवा गर्ने र निर्णायक तहमा नियुक्त गर्ने तथा पहुँच नपुगेका कर्मचारीलाई चाकरी, चाप्लुसी र आर्थिक लेनदेन गर्न सिकाएर इच्छाएको स्थानमा थमौती, सरुवा र बढुवाको अवसरमा अग्रसर गराउने न्यायिक प्रशासनको गल्ती सच्याउन अबेर गर्नु हुँदैन।
कर्तव्य नसिकाउने संविधान, सुशासनविरुद्ध उभिएको प्रशासन, आदर्शको लगौटी लगाएका राजनीतिक दल, धर्मको विवेक भुलेका राजनीतिक नेतृत्व, मौलिकता भुलेका सामाजिक कार्यकर्ता, रैथानेपन बिर्सिएका जैविक युवाहरूको प्रबलता भएको वर्तमान परिप्रेक्ष्यमा सहृदयता दर्शनमा आधारित भएर समाज, राष्ट्र र सभ्यताको प्रवर्तन र विकासका निम्ति केही गर्न खोज्नु अत्यन्त कठिन कार्य हो तर असम्भव चाहिँ हैन/छैन ।
आफ्नो निजी भविष्यप्रति मात्र चिन्तित रहनेहरूको सरल उपाय कपूँतन्तृकै हिमायती यो अथवा त्यो दल मात्रै हो । वर्षभरी तिनै दलको सत्तोश्राप  गर्‍यो, निर्वाचनमा कि त्यही सूर्य कि त रुखमा मोहोर लगाएर बाँकी जीवन पश्चातापमा कुण्ठाको अभिव्यक्ति दिएर बिताउनु आजका जैविक युवाहरूको तितो यथार्थ भएको जगजाहेर छ ।
देशको चासो र चिन्ता गरेर विद्यमान समस्याहरूको  स्थिति-गत्यात्मक समाधानमा स्वकृयात्मक अग्रसर बनेका शिक्षित, प्रशिक्षित र शिक्षित युवाहरूले दृढ अठोटका साथ अरूलाई जगाउने र पछि जागेकाहरूले विलम्ब नगरी अन्यलाई जगाउँदै ज्ञान र सत्सङको मार्गमा साथ, समर्थन र सहयोग गर्न अपरिहार्य छ । विदेशी विधर्मको जगजगी भएको देशको आजको अवस्थाका जिम्मेवारहरू कपूँ तन्त्रका मतियारहरू हुन् । मातृभूमिको कल्याणका दिनले मुलुकका निम्ति केही लागी समर्पित जीवन आहुती गर्न थप आत्मविश्वास, गति र इमानदारी पैदा गर्ने विश्वास बढेको छ ।

Leave a comment