भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने

0 16

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।

काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुने भएको हो । वैशाख १७ गते हुने शल्यक्रियाका लागि डा. भट्टराई आजै अस्पताल भर्ना हुने उनका प्रेस सल्लाहकार विश्वदिप पाण्डेले जानकारी दिए ।

डा. भट्टराईको यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा स्वास्थ्य परीक्षण भएको थियो । तत्पश्चात चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव अनुसार उनले शल्यक्रिया गर्न लागेका प्रेस सल्लाहकार पाण्डेको भनाई छ ।

Leave a comment