५ बर्षमा सबै भन्दा बढि विकास योजना जिल्ला लैजाने सांसदमा गोकुल बास्कोटा प्रथम

२०७९ आश्विन २५, मंगलवार २०:१६

पुर्व संचारमन्त्री तथा एमालेका नेता गोकुल बास्कोटा निकै चर्चामा आइरहने नेता हुन् । काभ्रेको उदाउँदो सूर्य भनेर चिनिने नेता बास्कोटा विकासप्रेमी र प्रस्ट वक्ता हुन् । उनि चर्चामा आउने प्रमुख कारण हो उनको तिखो र सटिक व्यंग्यसहितको प्रतिक्रिया दिने शैली । उनि केपी ओलीका निकै प्रिय विश्वासपात्रको रुपमा पनि चिनिन्छन्।

काभ्रे क्षेत्र नं २ बाट अत्यधिक मत ल्याएर विजय भएका बास्कोटाले पहिलो पटकनै मन्त्री हुने अवसर पाए । सरकारको प्रवक्ता भइरहँदा उनले सरकारको निकै बचाऊ गर्थे र धेरैको आलोचनाको तारो पनि बन्थे । सिधाकुरा अनि अलि रुखो बोल्ने भन्दै धेरैले आलोचन गर्दैगर्दा, उनलाई चिन्ने काभ्रेली जनता भने उनको यहि कुरा प्रिय ठान्छन् । उनि संचारमन्त्री हुँदा क्लीनफ़ीड देखि टेलिकम नाफामा पुर्याउने अठोट लिएर केही हदसम्म सफल पनि भए ।

संचारमन्त्रीहुदा काभ्रेले विकास निर्माणमा निकै ठुलो फड्को मर्यो। काभ्रेपलान्चोक जिल्लामा कुनै त्यस्तो सडक छैन जहाँ पुर्व मन्त्री गोकुल प्रसाद बास्कोटाले बजेट नहालेको होस्, करोडौं अरबौका सडकका योजना काभ्रेपलान्चोक जिल्लामा बनेका छन र बन्दैछन । उनले बनेपा को चण्डेश्वरी ,पाँचखालको पलान्चोक, मण्डन उमामहेश्वर, ब्रमायणि, पनौतिका सबै सम्पदा बनेपाका पाटि धारा पोखरी धुलिखेलका सम्पदाहरु पुन निर्माणमा पहल गरे निर्माण सम्पन गराए ।

उनले पनौति, बनेपा नाला पाँचखाल मण्डनलाई आलु र तरकारीको पकेट र कृषि भुमि सरक्षित क्षेत्र घोषण गराए, साथै उनले भक्तपुर पाचखाल सुरुङ मार्ग , पाँचखाल लिच्छविकालिन दरबार उत्खनन , भमरकोटगढि निर्माण गणेश मन्दिर निर्माण, पलान्चोक गढि उत्खन र निर्माण काभ्रे गढि उत्खन र निर्माण , नालागढि उत्खनन र पुन निर्माण पनि गराए ।

 

476 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal