पुँजीवाद कि वैज्ञानिक समाजवाद???

२०७८ बैशाख १५, बुधबार ०७:१८

पुँजीवाद अर्थात् उदारवादको सुरुवात सन् 1789को फ्रान्सको राज्य क्रान्ति सँगसँगै भएको मानिन्छ| समय क्रम सँगै विभिन्न खाले आन्दोलन, civil war, पहिलो र दोस्रो विश्व युद्धको क्रान्ति, मानव सचेतना र औद्योगीकरणले पुँजीवादको परिमार्जित नीति विश्व भरि विस्तार हुँदै गयो| सन् 1930को आर्थिक मन्दीले सङ्कटमा परेको पुँजीवाद बेलायती अर्थशास्त्री John Maynard Keynes को बजार भाउलाई उत्साहित पार्न कर कम गर्ने नीति दोस्रो विश्व युद्ध पछाडि संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स लगायतका मुलुकहरूमा लागु गरियो| सो नीति पनि 70को दशकमा भएका ठुला ठुला आन्दोलनहरूका कारण सङ्कट मा पर्‍यो| फेरी उक्त सङ्कटलाई हल गर्न परिमार्जन सहित नवउदारवाद को सुरुवात गरियो| World Bank, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार सङ्घ लगायतका बहुराष्ट्रिय संस्था/कम्पनी मार्फत छोटो समयमै विश्व भरिनै विस्तार गरियो|

अमेरिका र बेलायतको नेतृत्वमा नवउदारवाद आक्रामक पुँजीवादको रूपमा स्थापित भयो| यही नव उदारवादी मान्यता अनुसार गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका जनताका नैसर्गिक अधिकारका क्षेत्रहरूलाई पनि पुँजीपतिहरूको आडमा निजीकरण र व्यापारी करण गरियो| अहिले Corona Virus (covid-19 रोग) को केन्द्र बिन्दु बनेका Italy, Spain, France, USA, UK जस्ता पुँजीवादी मुलुकहरूमा स्वास्थ्य सुविधा राम्रो भनिएको भएता पनि विगत एक दशक यता स्वास्थ्य सुविधाको बजेट कटौती गरी सरकारी र सामुदायिक अस्पतालहरू निजीकरण गर्ने, डाक्टर नर्सहरूको तलब सेवा-सुविधा र पेन्सन कटौती गर्ने जस्ता नीति लागु गरिएको थियो|

जसको नतिजा निजी अस्पतालहरूले नाफाको ग्यारेन्टी नभए सम्म राज्यलाई असहयोग गरिदिँदा आज यति ठुलो मात्रामा मानवीय क्षतिमा भोग्नु परेको छ| पुँजीवादी साम्राज्यवादका मुलुकहरू Corona को लडाइँमा थिलथिलो हुँदा अर्को पट्टि समाजवादी मुलुकहरू विजय हासिल गरिरहेका छन्| समाजवादी चिन र क्युबा (US र उसका दलाल राष्ट्रहरू बाट कमजोर भनी प्रचार गरिएको राष्ट्र ) विश्व भरिनै स्वास्थ्य सामग्री र चिकित्सकीय सहयोग गरिरहेका छन् | चिनिया विशेषता सहितको समाजवाद लागु गरेको चिनले कोरोनासँगको लडाइँमा आसचर्याजनक सफलता हात पार्‍यो| दसकौँ देखि अमेरिकाको कठोर नाकाबन्दी झेलिरहेको Cuba जस्तो समाजवादी मुलुकले Corona लाई सजिलै पार लगाउन सक्ने तर साम्राज्यवादका नाममा सारा विश्व हल्लाउने अमेरिकाले हार -गुहार गर्नु पुँजीवादकै लज्जास्पद हार र असफलता हैन र??? सारा विश्व भुमरीमा फसेको बेला आफ्नो अर्थतन्त्र मजबुत बनाउँदै गएको चिन आउँदा दिनहरूमा सर्वशक्तिमान हुने निश्चित प्राय नै छ| यसलाई सामना गर्न पश्चिमा मुलुकहरू तयार हुनै समय लाग्ने देखिन्छ र अमेरिकालाई सर्वशक्तिमान् आफ्नो ताज जोगाउन मुस्किल अवश्य पर्ने छ |

जनता र राष्ट्रको मात्र नभै पुरा मानव सभ्यताको भलाई वैज्ञानिक समाजवादमा मात्रै सम्भव छ भन्ने कुरा आत्मसाथ गर्नुको विकल्प छैन| नेपाल सरकारले पनि ‘समृद्ध नेपाल- सुखी नेपाली’ नारालाई सार्थकता दिन समाजवादको जग मात्रै बसाल्ने भन्दा पनि छिटो भन्दा छिटो समाजवाद लाई लागु गर्नु अपरिहार्य देखिन्छ |

125 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal