एमसीसीमा अल्झेको राजनीति र माओवादीको भविष्य

0 82

नेपालको राजनीतिमा अहिलेसम्म देखिएको दृश्य परिदृश्यका पछाडि एमसीसी रहेको छताछुल्ल भएको छ ।

यतिका बबण्डर भइसक्दा पनि किन राजनीतिले एउटा निश्चित कोर्स लिन सकिरहेको छैन् । कारण एमसीसी नै हो। माओवादी जनयुद्धताका पुष्पकमल दाहालले जुन उचाई लिएका थिए जनमुद्दा उठाएर । शान्ति प्रक्रियामा आउंदै गर्दा जसरी जनयूद्धका मुद्दाहरूको बलि चढाए त्यसकै निरन्तरता हो एमसीसी संकल्प प्रस्ताव । मध्यमार्गी बाटो स्खलनको विम्व हो । एमसीसी पास भयो वा भएन दुबैको भारी माओवादीको थाप्लोमा नै पर्ने निश्चित छ । पास भयो भने त्यसको जस शुरूदेखि यसको पक्षमा लागेकाहरूले फाइदा लिन्छन् । पास नहुँदा दोष माओवादी । सरकारको मुद्दामा अल्झिएको राजनीतिको मियो नै एमसीसी देखियो ।

कांग्रेस र तत्कालिन नेकपाको एउटा कित्ता जो एमसीसीको समर्थनमा छ र जसरी पनि पास गराउन लागिपरेका छन्। स्पस्ट छ कुरो । कुरा रह्यो माओवादी ( केन्द्र ) को; तत्कालिन नेकपाको एमसीसी बिरोधी कित्ता वा एमसीसी संशोधनपछी मात्र पास गर्नुपर्छ भन्ने कित्ता। अब गाह्रो छ माओवादीलाई किनकी कांग्रेसले एमसीसीलाई बटमलाइन बनाएको देखियो । माओवादीले एमसीसी स्वीकार्नेबित्तिकै यसको विपक्षका जनताले माओवादीलाई बोइकट गर्ने पक्का छ, त्यसै पनि माओवादी जनतासमक्ष अल्पमतमै छ । यदि नस्वीकार्ने हो भने अहिलेको सरकार चलिरहन्छ र माओवादीलाई झनै पाखा लगाउने पक्का छ । अझ् यही सरकारले चुनाव गरायो भने त माओवादीको राजनीति नै सखाप हुने पक्का छ । के पनि देखिएको छ भने केपी ओली एक्लैले वा मात्रै पार्टी वा आन्तरिक मनोवलले यत्रो उच्छ्रङ्खल गरेको होइन् । त्यसको पछाडि एमसीसी हो भनेर भन्ने परेन । चीनसँगको दूरी बढेपछि भारत भरपर्दो नहुँदा र भारतकै दृष्टिकोणबाट अमेरिकाले नेपाललाई हेर्दा दुबैको रणनीति मिलेको पनि हुनसक्छ । यही अवस्थालाई क्यास  गर्दै ओली सरकार आफ्नो रणनीतिमा कामयाब भएको र आस गरेको देखिन्छ । यो रणनीतिको असर माओवादीलाई बढी पर्ने देखिन्छ . एमसीसीलाई स्विकार्नेबित्तिकै जनताको माओवादीप्रतिको दृष्टिकोण परवर्तन हुन्छ र अघिल्लो चुनावमा यसको असर देखिन्छ। अब माओवादीले एमसीसीको बृहत भण्डाफोर गर्ने र संसोधनसहितको प्रस्तावमा मात्र समर्थन गर्दा जनतालाई केही आस्वासन दिन सक्छ ।

 

यता केपी सरकार र कांग्रेसलाई जसरी पनि एमसीसी पास गराउने दबाव छ र यसको लागी यी दुई परस्पर बिरोधी पार्टीका भएपनि मुद्दामा मिल्न नसक्ला भन्न सकिन्न । यो सरकारप्रति कांग्रेस विशेषत: देउबा नरम हुनुको कारण यो पनि हो ।

Facebook Comments Box
Leave a comment