काठमाडौं उपत्यकामा निषेधाज्ञा ; के के खुल्छ खुल्दैन (विज्ञप्ति सहित)

0 125

वैशाख १६ देखि काठमाडौं उपत्यकामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने निर्णय भएको छ । सार्वजनिक, निजी सवारीसाधन बन्द गरिने छ । एम्बुलेन्स, शव वाहन, दमकल, कूनीतिक नियोग, प्रेसलगायतका गाडी चल्ने छन्। अत्यावश्यक कामबाहेक हिँडडुलमा पनि कडाइ गरिने निर्णय भएको छ ।

खाद्यान्त, तरकारी, दूधलगायत दैनिक उपभोग्य वस्तुहरूका लागि बजार खुला गरिने छ । ‘होटल/रेष्टुरेन्टले होम डेलिभरीमात्र गर्न पाउने छन्,सरकारी कार्यालय खुल्नेछन्। बैंक तथा वित्तीय संस्था आधा जनशक्ति राखेर सञ्चालन गर्न पाइने छ। यसरी कार्यालय खोल्दा स्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने छ। हवाई सेवा सुचारू हुनेछ।

 

Facebook Comments Box
Leave a comment