काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तीन प्रमुख जिल्ला अधिकारीको तयारी

२०७८ बैशाख १२, आईतवार १७:२४

१२ वैशाख, काठमाडौं । आइतबार बसेको सीसीएमसीको बैठकमा सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको थियो र निषेधाज्ञा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको थियो  ।

सीसीएमसीको निर्णयकै आधारमा काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीले पनि संयुक्त छलफल गरेर निषेधाज्ञा लगाउने तयारी गरेका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुर तीन वटै जिल्लाको  संयुक्त निर्णयगर्ने तयारी गरेका हुन् । अघिल्लो वर्ष पनि उपत्यकाका तीन जनै प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकबाट निषेधाज्ञाबारे निर्णय हुने गरेको थियो ।

उपत्यकाका तीनवटै जिल्लामा ५ सय बढी सक्रिय संक्रमित छन् ।

118 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal