संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा

0 29

१२ वैशाख, काठमाडौं । आइतबार बसेको सीसीएमसीको बैठकमा सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ ।

बैठकमा धेरैले लकडाउन गर्न नहुने सल्लाह दिएका थिए । देश बल्ल बल्ल अगिल्लो लकडाउनले गरेको आर्थिक क्षतिबाट बाहिर निस्कदै गरेको बेला अर्को लकडाउनको भार नेपालीले थेग्न सक्ने अवस्था नभएको धेरैको भनाई थियो । तर कतिपयले भने लकडाउन नगरे पनि सक्रिय संक्रमित संख्याका आधारमा प्रतिबन्धात्मक व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए ।

त्यसपछि सीसीएमसीले पहाडी जिल्लामा २०० र शहरमा ५०० सक्रिय संक्रमित भएमा निषेधाज्ञा गर्ने गरी संख्या तोकेको छ ।

Facebook Comments Box
Leave a comment