लकडाउन तत्काल हुँदैनः परराष्ट्रमन्त्री ज्ञवाली

0

सरकारले तत्कालै देशभर लकडाउन नगर्ने भएको छ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकमा यस विषयमा छलफल भएको थियो । त्यो छलफल पछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यो जानकारी दिएका हुन् ।

उनले लकडाउनले कोरोना संक्रमणको जालो तोड्ने भए पनि यो दीर्घकालीन समाधान नभएको बताएका छन् ।

‘कोरोना संक्रमण रोक्न लकडाउन नै दीर्घकालीन समाधान होइन,’ उनले भने, ‘कोरोना बढ्यो भने स्थानीय स्तरमा लकडाउन हुन्छ तर राष्ट्रव्यापी लकडाउन गर्ने पक्षमा हामी छैनौँ ।’

उनले हामी सबैले स्वास्थ्य मापदण्ड पालना गर्नु पर्नेमा जोड दिए  ।

Leave a comment