चैत २५ बाट अपी पावरको हकप्रद आवेदन खुल्ने

२०७८ चैत्र ९, बुधबार १३:१५

पी पावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि यही चैत २५ गतेबाट हकप्रद सेयर जारी गर्ने भएको छ।

कम्पनीले हाल कायम चुक्तापुँजी २ अर्ब ७५ करोड ८९ लाख १५ हजार ५४५.७५ रुपैयाँको १ः०.३९३६३२९२६ अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद निष्कासन गर्नेछ।

अपी पावरको हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। यो हकप्रदमा नेपाल धितोपत्र बोर्डले गत फागुन २६ गते निष्कासन अनुमति दिएको थियो।

यसअघि गत जेठमा पनि अपी पावरले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २९.३९ प्रतिशत हकप्रद बिक्री गरेको थियो।

615 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal