उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक र महाप्रबन्धक पक्राउ

0

जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई समाचार लेखेको विषयलाई लिएर पक्राउ गरेका छन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पक्राउ परेका व्यक्तिविरुद् साइबर अपराध, कीर्ते र राज्यविरुद्धको अपराध सम्बन्धी कसूरमा अनुसन्धान हुने बताए ।

उज्यालो नेटवर्क डटकमले  प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुखबीच चार बुँदे सहमति भएको भनेर समाचार प्रकाशित गरेको थियो ।

समाचारको विषयमा चित्त नबुझे उजुरी गर्ने आधिकारिक निकाय प्रेस काउन्सिल हो । काउन्सिलले स्पष्टिकरण सोधेपछि उज्यालो नेटवर्कले समाचार हटाएर माफी मागेको थियो । उच्च अदालत, पाटनले पनि समाचारको बिषयमा पत्रकारलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।

 

Leave a comment