भोली देखी काभ्रेमा कारोना भाईरस बिरुद्धको दोस्रो डोज खोप लगाईदै

0 71

काभ्रेमा भोली देखी कारोना भाईरस बिरुद्धको दोस्रो डोज खोप लगाईने भएको छ । माघ १४ गते देखि फागुन १० गतेसम्म पहिलो डोज लगाएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार, सार्वजनिक संस्थान, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, कारागारका कैदीबन्दी, बृद्धाआश्रमका बृद्धबृद्धाहरुलाई दोस्रो डोजको खोप लगाईने स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

भोली देखि वैशाख ११ गतेसम्म जिल्लाको तीन वटा ठाँउमा खोप लागाउनका लागी केन्द्र तोकिएको छ । खोप लागाउनका लागी पालिका अनुसार धुलिखेल अस्पताल,मेथिनकोट अस्ताल र समाज कल्याण प्रावि पाँचखालमा गरि ३ ओटा खोप केन्द्र तोकीएको डाक्टर झाले बताउनुभयो ।

जिल्लामा पहिलो चरण अन्र्तगत ६ हजार ७ सय ९९ जनाले पहिलो डोज खोप लागाएका थिए । पाँचखालमा करिब ११ सय जना ,मेथिनकोट  अस्पतालमा ७ सय ६३ र धुलिखेल अस्पतालमा करिब ५ हजारलाई दोस्रो डोज खोप लागाउने तयारी गरिएको डाक्टर झाले बताउनुभयो ।

Source: Radio Namobuddha

Facebook Comments Box
Leave a comment