छोराेले बञ्चरो प्रहार गरेर बाबुकाे हत्या

0

छाेराेले बञ्चरो प्रहार गरेर मकवानपुरमा बाबुकाे हत्या गरेका छन् ।मकवानपुर जिल्लाकाे कैलाश गाउँपालिकामा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।

कैलाश – ३ मा आफ्नै छोराले बञ्चरो प्रहार गर्दा बाबु ५० वर्षीय बलराम सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसारअभियुक्त ३० वर्षीय अञ्जन सापकोटालाई प्रहरी चौकी भार्ताले नियन्त्रणमा लिएको छ । अञ्जनले आफ्नै बाबुलाई ‘के कति कारणले बञ्चरो प्रहार गरी हत्या गरेको भन्ने ’विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

Leave a comment