‘फेरी बहुमत ल्याउने हो, अनि सरकार बनाउने हो’

२०७८ कार्तिक २३, मंगलवार ११:४४

अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा देश एमालेमय हुने तर्क छ । स्थानीय तहको निर्वाचनमा एमालेले अत्यधिक मत ल्याउने कुरामा ढुक्क भएको दाबी ओलीले गरेका हुन् । ओलीले स्थानीय निकायका सबै सरकारको नेतृत्व नेकपा एमालेले गर्ने समेत बताएका थिए ।

सोमबार आयोजित एमाले मोरङ जिल्ला कमिटीको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले एमालेले जनताको मनमा बस्ने गरी विकास निर्माणको काम गरेका कारण आगामी निर्वाचनमा अत्याधिक मतले पार्टी विजयी हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सङ्घीय पूर्वमन्त्री, प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, प्रदेशसभाका सदस्य, पार्टी जिल्लास्तरीय कार्यकर्ता एवं सर्वसाधारण नागरिकको उपस्थिति थियो ।

162 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal