नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक शुरु

0 30

नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले बोलाएको दशौं महाधिवेशन आयोजक कमिटीको आकस्मिक बैठक बालुवाटारमा शुरू भएको छ ।

आयोजक कमिटीको बैठक अघि बालुवाटारमा अहिले एमाले स्थायी कमिटीको बैठक बसेको थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउसो साढे १२ बजेपछि आयोजक कमिटीको बैठक शुरु भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

माधव नेपाल पक्षका सांसदहरुसँग सोधिएको स्पष्टीकरणको जवाफबारे निर्णय लिन बैठक बोलाइएको स्रोतले बतायो । यसअघि शुक्रवारको बैठकले स्पष्टिकरण सम्बन्धमा निर्णय लिन स्थायी कमिटीलाई जिम्मा दिएको थियो।

माधव नेपाल पक्षका सांसदहरुले केन्द्रमा पनि पार्टी ह्विप उल्लघंन गर्ने खतरा रहेकोले स्पष्टिकरण सोधिएका मध्ये केही सांसदलाई कारबाही गर्ने तयारी रहेको स्रोतले बतायो ।

वैशाख ६ गते स्पष्टिकरण सोधिएका २७ मध्ये शुक्रवारसम्म २२ जनाले जवाफ दिएका थिए । २७ मध्ये २ जनाले मूलधारमा फर्किने भन्दै सकारात्मक जवाफ दिएका थिए ।

Facebook Comments Box
Leave a comment