एक सय ४३ जनामा सङ्क्रमण

२०७८ कार्तिक २१, आईतवार २०:५३

पछिल्लो २४ घन्टामा देशभर एक सय ४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

पिसिआर र एन्टिजेन विधिबाट गरिएको दुई हजार ३३३ नमूना परीक्षणमा उक्त नतिजा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा नौ जनाको मृत्यु भएको छ भने पाँच सय ६३ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमित सात हजार सात सय १३ छन् ।

156 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal