साफ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै, कसले मार्ला बाजी ?

9

माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालले आज भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल मालेस्थित नेशनल स्टेडियममा नेपाली समयअनुसार राती ९:४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा अहिलेसम्म दुई खेल खेल्दा नेपाल र भारत फरक स्थितिमा छन् । ५ राष्ट्र सम्मिलित प्रतियोगितामा राउण्ड रोविन लिगका आधारमा खेल भइरहँदा नेपालले सुरुवाती दुई खेल जितेर ६ अंक जोडेको छ र फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अर्कोतर्फ भारतले सुरुवाती दुई खेल जित्न सकेन । लगातार दुई बराबरीबाट भारतको २ अंक छ ।

यस्तो अवस्थामा दुवै टोलीलाई आजको खेल महत्वपूर्ण छ । नेपालले भारतलाई पराजित गरेमा एक खेल खेल्नुअघि नै फाइनल पुग्नेछ । यस्तोमा नेपाल साफ च्याम्पियनसिपमै पहिलो पटक फाइनल पुग्नेछ । बराबरी वा पराजित भएमा भने नेपालले अन्तिम खेलसम्म कुर्नुपर्नेछ । उता भारतलाई जित निश्चित रुपमा आवश्यक छ ।

Facebook Comments Box