आफ्नै श्रीमती बेचेको आरोपमा श्रीमानसहित् दुई जना पक्राउ

२०७८ आश्विन १९, मंगलवार १३:२०

आफ्नै श्रीमती बेचेको आरोपमा श्रीमानसाहित् दुई जना पक्राउ परेका छन् ।

प्रहरीले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ का पासाङ तामाङ र ती महिलाको श्रीमानलाई पक्राउ गरेको छ । उनीहरुलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

पाँच वटा छोराछोरी समेत भएकी श्रीमतीलाई श्रीमानले २०७१ सालमा १ लाख ६० हजार रुपैयाँ लिएर पासाङ तामााङको जिम्मा लगाएका थिए। पासाङले बालाजुको होटलमा काम लगाइदिने भन्दै एक महिलालाई ती महिलाको जिम्मा लगाएका थिए।

भारतमा नयाँदिल्लीस्थित म्हेण्डो तामाङको घरमा पुर्‍याएर ३ दिनसम्म राखिएको थियो। त्यसपछि उनलाई आग्रामा लगेर एक कोठीमा ८ महिनासम्म बेश्यावृत्तिमा लगाइएको पाइएको छ।

पछि भारतस्थित नेपाली दूतावास र शक्ति समूहको सहयोगमा गत जेठ ३१ गते महिला नेपाल फर्केकी थिइन्। पक्राउ परेकामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

137 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal