सेयर बजार ३२.५१ अंकले ओरालो

२०७८ आश्विन १४, बिहीबार १५:३२

साप्ताहिक कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार ३२.५१ अंकले ओरालो लागेको छ ।

अघिल्लो दिनको तुलनामा यो करिब १.२२ प्रतिशतले घट्दै  ३३.४२ विन्दुमा ओर्लेको छ ।

बुधबार नेप्से करिब साढे ५० अंकले बढेको थियो । गत आइतबार, सोमबार र मंगलबार उच्च अंकले घटेको नेप्सेमा बुधबार करेक्सन भएको थियो । सो वृद्धि बिहीबारसम्म पनि टिकेन र नेप्से पुन: ओरालो लागेर बन्द भएको छ ।

दिनभरीको कारोबारमा करिब पौने ४ अर्ब रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो ।

153 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal