मानव अधिकार तथा शान्ति समाजले १५ स्रष्टालाई सम्मान गर्ने

55

मानव अधिकार तथा शान्ति समाजद्वारा स्रष्टा सम्मान अभियान अन्तर्गत स्थापित पुरस्कारहरुद्वारा १५ जना स्रष्टाहरुलाई सम्मानित गर्ने निर्णय गरेको छ ।

समाजले वर्ष २०७८ सालको महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान श्रवण मुकारुङ, चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा.डा.वेणी माधव ढकाल, कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान वरिष्ठ पत्रकार रामरिझन यादव, पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान विष्णुलाल कुमाल, ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान रामबहादुर पहाडी, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान रत्ननिधि रेग्मी र मानबहादुर रावल वातावरण स्रष्टा सम्मान रामेश्वरी पन्तलाई प्रदान गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात प्रतिसरा सायमी मानन्धर, भुमीप्रसाद बराल स्रष्टा सौगात मनु मञ्जिल, जोगमाया बराल स्रष्टा सौगात विना थिङ तामाङ, राधादेवी दाहाल स्रष्टा सौगात मनु विक, जनककुमारी रेग्मी स्रष्टा सौगात मेनका पोखरेल आचार्य, पद्यप्रसाद दाहाल स्रष्टा सौगात देवकी तिमल्सिना रोकाया, श्रीप्रसाद दाहाल स्रष्टा सौगात सुदेश सत्याल र श्रीनारायण दाहाल स्रष्टा सौगात रविना चौधरीलाई प्रदान गर्ने निर्णय गरेको छ ।

मानव अधिकार तथा शान्ति समाजले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको सेरोफेरोमा कार्यक्रम आयोजना गरि जनही रु. २० हजार पुरस्कार राशीसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

एक दशक अगाडिदेखी मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधन र स्रष्टा सम्मानलाई विशेष अभियानको रुपमा अघि बढाउँदै आएको छ ।

Facebook Comments Box