पूर्वराजा र रानी अस्पताल भर्ना

२०७८ बैशाख ११, शनिबार १५:०९

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

छोरी प्रेरणा शाहसहित उनीहरू शनिवार दिउँसो १ बजे अस्पतालमा भर्ना भएका अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरू भर्ना भएका हुन् । केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना संक्रमण देखिएको थियो ।

कर्पोरेट कम्युनिकेसन बाँस्तोलाले उनीहरू तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

120 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal