‘भोको पेट भर्न बालविवाह’

0 24

वीरेन्द्रनगरबाट करीब ५५ किलोमिटरटाढा इखेनमी समथर भूमि भएकाले जमीन राम्रै छ तर सिँचाइ र खानेपानीको चरम अभाव छ । सिँचाइ नभएका कारण त्यहाँ बसोबास गर्नेले अपेक्षित उत्पादन गर्न सकेका छैनन् । आयआर्जनका प्रभावकारी कार्यक्रम पनि त्यहाँ सञ्चालन भएको पाइँदैन । इखेनीको दलित बस्तीमा न कोही रोजगार छ न त खान पुग्ने उत्पादन हुन्छ । उत्पादनको कमीले अधिकांश कालापहाड जान्छन् । अभिभावकविहिन बालबालिका राम्रोसँग खाना खान पाउँदैनन् र प्रायः बालिकाले ‘भोको पेट भर्न बालविवाह’ गरेको प्रधानाध्यापक रानाको भनाइ छ ।

सुर्खेत पश्चिमका युवा नेता तथा समाजसेवी खड्ग बाँसपानीले गरीबीकै कारण बालविवाह बढेकाले इखेनीमा विकराल समस्या रहेको बताउनुभयो । “साविक कर्णालीमा घोडा, खच्चर, हवाइजहाज त चल्छन् तर सुर्खेत पश्चिममा यस्ता विकल्प पनि छैनन्”, उहाँले भन्नुभयो, “यहाँका नागरिकले घण्टौँ हिड्नुपर्छ । सुर्खेतको पश्चिम क्षेत्र हुम्ला, डोल्पाभन्दा पनि अति दुर्गम छ । नजिकमा भेरी नदी बगिरहेको छ । यसको किनारमा रहेका बस्तीमा खडेरी परिरहेको छ । नदीमा पानी बगिरहेको छ, बस्ती काकाकुल छ । भेरी नदीबाट लिफ्टिङ गरेर बाँझो भूमिमा सिँचाइ गर्न असहज छैन । खानेपानीको व्यवस्था गर्न निकै गाह्रो जस्तो पनि लाग्दैन । नेतृत्वको कमजोरीका कारण जमीन बाँझो र रुखो हुँदै गएको छ । त्यहाँका नागरिक कालापहाडको आर्जनले पालिन्छन् ।”

नेपालको संविधानले व्यवस्था गरेको शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानीलगायत मौलिक हकको ठाडो उल्लङ्घन भइरहँदा हिजोदेखिको कुनै पनि नेतृत्व, समाजसेवी अधिकारीवादीले इखेनीवासीको अधिकारका निम्ति ठोस पहल नगरेको उहाँको टिप्पणी छ । मुलुक सङ्घीयतामा गइसकेपछि अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने तीनै तहका सरकारको पनि खासै चासो नदेखिएको उहाँको आरोप छ । बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले इखेनी बस्तीका सबै परिवार भूमिहीन अवस्थामा रहेको जनाउनुभयो । उहाँले सो बस्ती विकासको ठूलो चुनौती भनेकै सिँचाइ भएको बताउनुभयो । “इखेनी गाउँका लागि अहिले रु ७० लाखमा हामी भेरी नदीको पानी लिफ्टिङ गर्दैछौँ”, उहाँले भन्नुभयो, “अब एक डेढ महिनामा खानेपानी गाउँमा पुग्छ ।”

सिँचाइ आयोजना पनि भेरी नदीबाटै सञ्चालन गर्ने तर त्यसका समय लाग्ने अध्यक्ष बस्नेतले जनाउनुभयो । उत्पादनको कमी भएका कारण कालपहाड धाउने नागरिकको उक्त बस्तीमा सिँचाइ पुर्‍याउन सके त्यहाँको जीवनस्तर नै बदलिने उहाँको भनाइ छ । अध्यक्ष बस्नेतले भन्नुभयो, “सिँचाइ पुग्ने वित्तिकै अहिलेको सम्पूर्ण बाँझो जमीन उपयोगमा आउँछ । उत्पादन वृद्धि भएर बस्ती आत्मनिर्भर बन्छ ।” यसका लागि सहयोग हात आवश्यक रहेको उहाँले जनाउनुभयो । सो गाउँपालिका–६ का वडाध्यक्ष खगेन्द्रदेव गिरीले सिँचाइका साथै अशिक्षा, गरिबी र भोकको समस्याले हुने बालविवाह मानवीय विकासका लागि सबैभन्दा ठूलो चुनौतीको सवाल भएकोे बताउनुभयो । उहाँले भन्नुभयो, “बालविवाह रोक्न जनचेतनाका कार्यक्रम अगाडि बढाइएको छ । यद्यपि बालबालिकाका अभिभावक नै मजदुरीका लागि भारत जान रोक्न नसकिनुले सञ्चालित योजना र कार्यक्रमले अपेक्षित लक्ष्य हासिल गर्न सकेको छैन ।”

गाउँमा एकल महिलालाई ऋण लिन र उधारो खाद्यान्न पाउन गाह्रो छ । उनीहरुलाई सहजै कसैले पत्याउँदैन । पौष्टिक खानाका कुरै छोडौँ, सामान्य खाना पनि पर्याप्त नहुँदा आमा तथा बालबालिका कुपोषित रहेको वडाध्यक्ष गिरीको भनाइ छ । उहाँका अनुसार इखेनीमा ‘एक घर एक धारा’ को परियोजना निकट केही महिनामै सम्पन्न हुने गरी काम भइरहेको छ ।

Facebook Comments Box
Leave a comment