संखुवासभामा एकै परिवारका ६ जनाको हत्या आरोपी सार्वजनिक

२०७८ भाद्र २७, आईतवार ११:५४

संखुवासभामा एकै परिवारका ६ जनाको हत्यामा संलग्न आरोपी लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

घटनाको एक हप्तापछि पक्राउ परेका लोकबहादुरलाई प्रहरीले सार्वजनिक गरेको हो । आज पत्रकार सम्मेलन गर्दै मादी नगरपालिका–१ उम्लिङमा उनलाई सार्वजनिक गरेको हो ।

गत सोमबार तेजबहादुरसहित , ८४ वर्षीया पार्वता कार्की, ५८ वर्षीया मनमाया कार्की, २५ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो ।

हत्या अनुसन्धानमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोली खटिएको थियो ।

184 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal