नेपालले दियो पपुवा न्युगिनीलाई जितका लागि २३४ रनको लक्ष्य

24

दोस्रो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीसामु जितका लागि २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानमा जारी एकदिवसीय सिरिजअन्तर्गत आज डे नाइट खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर २३३ रन बनायो । सङ्कटमा परेको नेपालको पारीलाई रोहितकुमार पौडेल र करण केसीले माथि उकास्नुभयो । पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ८६ रनको योगदान दिनुभयो । सो क्रममा उहाँले १२३ बल खेल्दै तीन छक्का र दुई चौका हान्नुभयो । यस्तै केसीले २६ बलमा ४२ रन बनाउनुभयो । यसमा उहाँको चार छक्का र दुई चौका सामेल थियो ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ७० बलमा दुई छक्का र तीन चौकाको मद्दतमा ४५, विनोद भण्डारीले १७ तथा सोमपाल कामीले ११ रन बनाउनुभयो । बलिङतर्फ पपुवा न्युगिनीका चाड सोपरले तीन, कबुआ मोरिया र नरमन भानुआले दुई÷दुई तथा चाल्र्स अमिनीले एक विकेट लिनुभयो । यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको थियो । अहिले पपुवा न्युगिनीले जवाफी ब्याटिङ गरिरहेको छ ।

Facebook Comments Box