कविता : धरहरा दम्भ

कवि : प्रज्वल अधिकारी

0
लामो निद्रापछि
उभिएको छ- धरहरा
लासहरूको करङ टेकेर
पत्याउनुभएन ?
हेर्नुस् त पहिलाको भन्दा कति अग्लो भएको छ !
धरहरा- शाशकको दम्भको उचाई हो
छिट्टै शाशकले काट्नेछ रिबन
पुग्नेछ टुप्पोमा
र हेर्नेछ- कमिला जत्रा जनताहरू
उसले हेर्ने छैन
जनताको घरको धुरीबाट धुवाँ निस्केको/ ननिस्केको
बरु उतिमाथी पुगेर
जनताको नाममा सम्बोधन गर्न सक्छ
र भन्न सक्छ-
हामीले बिकासको चरम उचाई चुमिसक्यौं !
Leave a comment