एमसीसी उपाध्यक्ष फातिमा सुमारले प्रधानमन्त्री देउबाभन्दा पहिला एमाले अध्यक्ष ओलीलाई भेट्दै

२०७८ भाद्र २४, बिहीबार १२:४२

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउबाभन्दा पहिला एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै छिन् ।

एमसीसीबारे विविध बहस भइरहेको बेला उपाध्यक्ष सुमार आज बिहिवार चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी हुन् । सुमारले आज दिउँसो २ बजे बालकोटमा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

ओलीसँगको भेटपछि फातिमाले भोलि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

96 Views
प्रतिक्रिया दिनुहोस्

2020 Copyrights Reserved at centralkhabar.com

Designed & Developed By CenTech Nepal